Sunday, September 20, 2015

इतिहास जित्नेहरुको

इतिहास जित्नेहरुको लेखिन्छ , समयलाई चिन्नेहरुको लेखिन्छ । संविधानसभाबाट संविधान चाहेर पनि पुष्पलाल, विपि र गिरीजाहरु यो दिन देख्नबाट चुके । के.पि.,शुशिल र प्रचण्डहरुलाई समयले यो अवसर दियो । परीस्थितिको यो अवसरलाई उनिहरुले चिने र ऐतिहासिक कार्य गरे । समय छंदै अवसरको सदुपयोग गरी इतिहासमा नाम दर्ज गर्न असन्तुष्ट भएकाहरुलाई अनुरोध । संविधान जिवित जनताको मुलभुत आकांक्षाको दस्ताबेज हो । यो अन्तिम होइन । सबैका सबै आकांक्षा एउटा संविधानले पुरा गर्न सक्दैन । बास्तबिकता बुझौं र आजको दिनलाई हर्षोल्लासका साथ मनाऔं ........।